लिबिया सरकारद्बारा सरकारविरोधी पक्षसित युद्ध-विराम गर्न अस्वीकार

नेटोले एक वक्तव्य प्रकाशित गर्दै गत मार्च 31 तारिखमा अमेरिकाको सट्टामा लिबियामाथि गरिने सैनिक हमलाको सम्पूर्ण निर्देशन अधिकार पाएदेखि यता 178 वटा लडाकु-विमानबाट सैनिक हमला गराएको छ।

 

      लिबिया सरकार र विरोधी सशस्त्र शक्तिबीचको युद्ध निरन्तर भइरहेको छ। लिबियाको सरकर विरोधी पक्षको “राष्ट्रिय अन्तरिम परिषद”का अध्यक्षले हिजो बोल्दै सरकारविरोधी पक्षले युद्ध-विरामलाई स्वीकार गरेको ,तर पूर्वाधार भनेको पश्चिमी शहरलाई घेराउ गरिरहेको सरकारी फौजले त्यहाँबाट फिर्ता हुनुपर्ने बताउनुभएको छ। तर लिबिया सरकारले सरकारविरोधी पक्षसित युद्ध-विराम गर्न अस्वीकार गरेको छ।

 

      हिजो एक तारिखका दिन सँयुक्त राष्ट्र संघका महासचिवका लिबियाली समस्याका विशेषदूत अब्देलिला मोहमदले लिबियाको दुई दिने कूटनैतिक भ्रमण सम्पन्न गर्नुभएको छ। संयुक्त राष्ट्र संघले लिबिया समस्या समाधानका लागि राजनैतिक बाटो खोज्न निरन्तर प्रयास पनि गरिरहेको छ।

 

सँयुक्त राष्ट्र संघका महासचिवका विशेष दूतद्वारा लिबियाको भ्रमण पूरा


 

सँयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता फाहान हाकले हिजो साबित गरेअनुसार, सँयुक्त राष्ट्र संघका महासचिवको लिबिया समस्यासम्बन्धी विशेष दूत, जोर्डनका पूर्व विदेशमन्त्री अब्देलिदाह मोहमदले लिबियामा दुई दिनसम्म गर्नुभएको कूटनीतिक प्रयास पूरा गरेतापनि, लिबिया संकटको समाधान गर्न सँयुक्त राष्ट्र संघको कूटनीतिक प्रयास अझ भइरहेको छ।

      प्रवक्ता फाहान हाकका अनुसार, श्री अब्देलिदाह मोहमदले गत मार्च एकतीस तारिख तथा अप्रिल एक तारिखमा लिबियाका प्रधानमन्त्री तथा विपक्षी नेतासँग भेट-वार्ता गर्दै लिबियासँग सँयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को निर्णय प्रस्ताव चौतर्फी रुपमा कार्यान्वयन गर्नुपर्ने अन्तर्राष्ट्रिय समाजको आग्रह दोहोर्‍याउनुभयो।

      सँयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले गत फेब्रुअरी छब्बीस तारिख एक हजार नौ सय सत्तरीऔं नम्बरको निर्णय-प्रस्ताव पारित गरी लिबियालाई हतियार पुर्‍याउन निषेध दिने निर्णय गरेको थियो।