आइभरीकोष्टको मुख्य शहर अविदजानमा विपक्षी नेता वाटारा र राष्ट्रपति बाग्बो समर्थित सैनिकबीच भीषण भीडन्त जारी


 

अफि्रकी मुलुक आइभरीकोष्टको मुख्य शहर अविदजानमा विपक्षी नेता अलासान वाटाराका वफादार सैनिक र वर्तमान राष्ट्रपति लौरेन्ट बाग्बो समर्थित सैनिकविच भीषण भिडन्त जारी छ।

 



 

प्रत्यक्षदर्शीहरुले राष्ट्रपति भवन, टेलिभिजन स्टेशन र लगायत केही स्थानहरुमा दुवै पक्षविच भिडन्त भैरहेको जनाएका छन्। उनीहरुले गोलि र विष्फोटको आवाज सुनिएको बताएका छन्। स्थानीयवासीले दुवै पक्षविचको जारी भिडन्तका कारण आफूहरुले असुरक्षित महशुस गर्नुपरेको जनाएका छन्। उता रेडक्रसले सामरिक दृष्टिले महत्वपूर्ण मानिएको डूएकोव शहरमा दुवै पक्षविचको भिडन्तका कारण कम्तिमा ८ सय जनाको मृत्यु भएको जनाएको छ।
 

आइभरीकोष्टको पछिल्लो हिंसाप्रति संयुक्त राष्ट्र संघ लगायत पस्चिमा शक्ति राष्ट्रहरुले भर्त्सना गरेका छन्। वाटारा संयुक्त राष्ट्र संघद्धारा समर्थित नेता समेत हुन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा वाटाराले स्पष्ट जित हासिल गरेको आइभरी कोष्टको निर्वाचन आयोगले जनाएको थियो।

 

यद्यपी त्यहाँको सम्बैधानिक परिषदले निर्वाचन परिणामलाइ उल्टाउदै बाग्बोलाइ नै राष्ट्रपति चयनको लागि मार्ग प्रशस्त गरेपछि आइभरी कोष्टमा नया राजनैतिक संकट देखिएको हो। हाल आइभरी कोष्टमा दुवै नेताहरुले समानान्तर सरकार स्थापित गर्दै आएका छन्।