पाकिस्तानको पन्जाव प्रान्तको एक धार्मिक स्थलमा दुई वटा विष्फोट भएको छ। विष्फोटमा कम्तीमा ४० जना मारिएका छन् भने ८० जना भन्दा बढी घाइते भएका छन्।
विष्फोट डेरागाजी खान जिल्लामा भएको अधिकारीहरुले जनाएका छन्। हजारौं मानिस स्थानीय समुदायको तीन दिने धार्मिक महोत्सवमा सहभागी भइरहेका बेला विष्फोट गराइएको हो। प्रहरीले विष्फोट आत्मघाती रहेको जनाएको छ। सो आक्रमणको जिम्मा तालिवानले लिएको छ।
स्थानीय सूफी समुदायका मुस्लिमहरुले प्रत्येक वर्ष मनाउने गरेको धार्मिक महोत्सवलाई लक्षित गरी भएको सो विष्फोटका कारण पाकिस्तानमा साम्प्रादायिक हिंसा भड्कन सक्ने बताइएको छ।
तालिवानका एक लडाकू इशानूल्लाह इहशानले अन्तरराष्ट्रिय संचार माध्यमसँग बोल्दै मुलुकको उत्तर पश्चिमी क्षेत्रमा सेनाले आफूहरु विरुद्ध गरेको कारवाहीको जवाफमा सो विष्फोट गराइएको बताएका छन्।