नेटोको सैनिक हेलिकोप्टरले केहि दिन देखि यता लिबियाको धेरै वटा शहरमा क्रमबद्ध प्रहार

नेटोको सैनिक हेलिकोप्टरले केहि दिन देखि यता लिबियाको धेरै वटा शहरमा प्रहार गरेको छ। यसका साथै लिबियाका विभिन्न क्षेत्रमा इन्धन संकट भएको छ।

         लिबियाली सरकारी संचार माध्यमका अनुसार, लिबियाका धेरै शहरमा दुइ दिनभित्र नेटोको सैनिक हेलिकोप्टरले क्रमबद्ध प्रहार गरेको छ। प्रहारमा धेरै जना हताहत भएका छन् र मृत्यु भएकामा धेरै महिला, बालबालिका र बृद्धबृद्धा छन्।

         अमेरिकी रक्षा मन्त्रालयले हिजो अमेरिकाले लिबियामाथि चार तारिखका दिनसम्म वायु आक्रमण गर्ने कुरा घोषित गरेको थियो।

         यसका साथै लिबियाका विभिन्न क्षेत्रमा इन्धन संकट हटेको छैन। लिबियाका पेट्रोल कम्पनिले आफ्नो कारखानामा धेरै पेट्रेल रहेको तर हरेक दिन धेरै जनताहरु पेट्रोलको लागि लाइनमा उभिने गरेका छन्।