-राम भुसाल
अर्घाखाँची टाईम्स(न्यू दिल्ली डेस्क)- भारत को राजधानी न्यू दिल्ली स्थित मुड़का ठाउमा भएको भीषण आगलागी ले गर्दा करोडौ रुपैयाको नोक्सान भएको स्रोतले जनाएको छ।
दिल्लीको मुडका औधोगिक क्षेत्र हुनाको कारणले त्यहा हजारौ प्लास्टिक का फ्याक्टरी स्थापित छन्। गए राती आगलागी को घटनाको सुचना पाए पछी घटना स्थल मा पुगेका दमकल कर्मि हरु ले आगो निभाउने हर संभव प्रयास गरे, तर भीषण आग लागी भएको ले बिस दमकलका मद्दतले समेत आगो निभाउन सकिएको छैन।
भीषण आगलागी बाट कुनै जन को क्षती नभएको स्थानिय प्रशासनले जनाएको छ। घटना को प्रथामिक जांच को आधार मा आगलागी को कारण बिद्युत लाइन सर्ट भएर भएको भन्ने प्रहरीले बताएको छ।