नौमुरे जल विद्युत परियोजनाको काम सुरु हुनेमा अर्घाखाँचीबासी आसावादी

-गणेश खनाल

अर्घाखाँची टाईम्स यूएई डेस्क – २३ चैत्र -२२ वर्ष अघि सर्भे भएको अर्घाखाँची जिल्लामा पर्ने नौमुरे जल विद्युत् परियोजना अधुरो रहेको भएपनि अहिले भने काम सम्र्पन हुनमा अर्घाखाँची बासीहरु आसावादी देखीएका छन् ।

तीन महिना लामो समय खर्चेर २०४५ सालमा सर्भे भएको परियोजना हालसम्म पनि संचालनमा आउन नसक्दा परियोजना वेवारिसे बनेको छ । माओवादी स्थायी कमिटी सदस्य तथा अर्घाखाँची क्षेत्र नम्वर एकका निवार्चीत सभासद टोप बहादुर रायमाझी अहिले भौतिक योजना तथा निर्माण मन्त्रि र माओवादी कै भागमा उर्जा मन्त्रालय पनि पर्ने निश्चित भएको अवस्थामा यो योजनाले स्थान पाउनेमा अर्घाखाँची बासीहरु आसावादी रहेका छन् ।


रायमाझी विकासे नेता भएको र त्यसमा पनि बेलाबेला नौमेर योजनालाई पनि निरन्तरता दिनु पर्छ भन्ने बोली बोलकाले यसपालीको यो सरकारले योजनालाई प्राथमिकता दिनेमा जिल्लावासी पुर्ण रुपमा ढुक्क जस्तै बनेका छन् ।


उक्त परियोजनामा ९० मिटरको ड्याम्प बाँधेर २ सय ४५ मेगावाट विद्युत् उत्पादन गर्न सकिने भएको यो जल विद्युत् परियोजना जैविक विविधता पर्यावरण र पर्यटनको हिसाबले नेपालकै नमुना जल विद्युत् परियोजना अन्तर्गत पर्दछ तर नेपालकै नमुना नौमुरे परियोजनालाई संचालन गर्न कसैले चासो दिएको पाईदैन ।


अर्घाखाँचीको जलुके २ मा पर्ने सो परियोजनाबाट सुख्खायाम वा वर्षायाम जुनसुकै मौसममा पनि एउटै परिणामको विद्युत् उत्पादन हुन सक्ने नेपालको पहिलो जल विद्युत् परियोजना हुने विज्ञहरुको भनाइ छ । राष्टिय योजना अन्तर्गत पर्ने परियोजना संचालनमा ल्याउन धेरै प्रयास भइरहे तापनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।


नेताहरुले चुनावी समयमा नौमुरे जल विद्युत् परियोजना संचालन गरी जिल्लाभरी विद्युत् बिस्तार गर्ने खोक्रो भाषण जनतालाई दिएर परियोजनालाई नेताहरुले आफ्नो राजनीति गर्ने थलो बनाउँदै आएका छन् । एमाले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नौ महिने कार्यकालमा राष्टिय योजना अन्तर्गत परियोजनालाई अगाडि सारिए तापनि अल्पमत सरकारको कारण कार्यान्वयन पक्ष भने फितलो रहेका थियो ।


भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा गएका बेला परियोजनालाई भारतले उपहार स्वरुप निर्माण गरिदिने सहमति भएको थियो तर दुई देशबीच भएको सहमति कार्यान्वयन पक्ष फितलो हुँदा कागजमा मात्र सीमित रहन पुगेको थियो । यद्यपी रायमाझी अहिले मन्त्रि भएकाले अधुरो योजना पुरा हुनेमा जनताहरु आसावादी देखीएका छन् ।


उक्त परियोजना संचालनमा ल्याउन नेपाल सरकारलाई टाढाको विषय बन्यो तर परियोजनाको नाम पनि यतिबेला ओझेलमा परेको स्थानीयबासी बताउँछन् । राजनीतिक दलका नेताहरु देशभक्त नभएर आफ्नो सत्ता प्राप्तिको भावनामा केन्द्रित भएर जीउज्यान दिएपछि विकास निर्माणका काम ठप्प हदै आएको छ ।


२२ वर्षअघि ३ महिना १० दिन लामो अध्ययन गरेको विशेषज्ञ सहितको टोलीले २ सय ४५ मेगावाट विद्युत् निकाल्न सकिने प्रतिवेदन तयार पारेको थियो । पाल्पा गुल्मी हुँदै हाल अर्घाखाँची जिल्लामा बिस्तार भएको विद्युत् आपूर्तिमा कमी आएपछि जिल्लाबासीले लोड सेडिङ्गको मार खेप्ने आएका छन् । जिल्लाको अधिकांश गाविसमा विद्युत् नहुँदा त्यस क्षेत्रका जनताले अहिले पनि टुकी र सल्लाको दियालो बालेर आफ्नो दैनिकी गुजारा टार्दै आएका छन् ।


जुनसुकै पार्टीको नेतृत्वमा सरकार बने पनि आखिर देश निर्माण गर्नु नै छ त्यसैले २२ वर्षदेखि ओझेल पर्दै आएको उक्त नौमुरे परियोजना सरकारले संचालनमा ल्याएमा अर्घाखाँची प्यूठान पाल्पा गुल्मी कपिलवस्तु दाङ्ग लगायतका जिल्लाका जनता लाभान्वित हुने थिए ।

अन्य समाचारहरु