– वीरेन्द्र केसी
अर्घाखाँची । नेपाली काग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले सत्तामा गएका दलहरु शान्ति र संविधान निर्माण भन्दा सत्ता टिकाउनमा केन्द्रित भएकाले जेठ भित्र संविधान जारी हुन नसक्ने बताएकी छिन ।
नेपाल रेडक्रस सोसाईटीको २२ औ साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै सभासद समेत रहेकी भुसालले झलनाथ खनालको नेतृत्वको सरकारले संविधान जारी गर्न नसक्ने बताउँदै काग्रेस प्रतिपक्षमा बसेर पनि शान्ति र संविधान निर्माण प्रति ईमान्दार भएर लाग्दा समेत सरकारमा सहभागी दलले यसलाई वेवस्ता गरेकाले तोकिएको समय अवधि भित्र संविधान जारी हुन नसक्ने बताईन ।
उनले सात बुदे सहमती जनताको लागि धोका भएकाले यसको खारेजी गर्नुपर्ने बताईन । माओवादी अध्यक्ष पुष्प कमल दाहाल उच्चस्तरीय कार्यदलबाट पन्छिन खोजेकाले पनि माओवादी संविधान निर्माणमा ईमान्दार नदेखिएको आरोप लगाईन । संविधान जारी गर्न समय थोरै भएकाले मिति थप गर्नुको विकल्प छैन उनले भनिन छोटो समयमा देशलाई संघीयतामा विभाजन र प्रदेश बाँडदा फेरी अर्काे द्धन्द्ध मच्चिने र काम गर्न बाँकी रहेका धेरै मुद्धा ओझेलमा परेकाले जेठ १४ भित्र संविधान लेख्न असम्भव भएको बताईन । भुसालले दलहरुका प्रमुख नेताहरु आफनो पार्टीको स्वर्थ त्यागरे संविधान निर्माण र जनताको हितको पक्षमा भन्दा विचारमा बढी केन्द्रित भएकाले समस्या भएको बताईन ।
उनले संविधान र शान्ति प्रकि्रयालाई नटुगाएसम्म निरकुशतावादीले टाउको उठाउन खोज्ने र लोकतन्त्रलाई संकटमा पार्न सक्ने संभावना रहेको बताईन । उनले अब मुलुकमा कुनै तानाशाह र निरकुशता आउन सक्ने अवस्था नआएको बताउँदै जनता र मिडिया यसप्रति धेरै सचेत रहेको बताईन । राजनीतिक स्थिरता बढदै गएको छ उनले भनिन सबै ठुला दलहरु एक ठाउँ नउभिएसम्म जनआन्दोलनबाट प्राप्त लोकतन्त्र गुम्न सक्ने आशंका व्यक्त गरिन । दलहरु सत्तामा रमाउदा लोकतन्त्र समाप्त हुन सक्ने भएकाले सबै सचेत रहनुपर्ने आवश्यक्ता रहेका बताईन । उनले जनताप्रति गरेका वाचा पुरा नगरेसम्म कसैले पनि माफ नदिने भएकाले सत्ता भन्दा पनि पहिले लोकतन्त्रलाई बचाईराख्न संविधान बनाउन ध्यान दिनुपर्ने बताईन ।
उनले प्रधानमन्त्री झलनाथ खनाल र पुष्पकमल दाहाल संविधान नबनोस भन्ने पक्षमा देखिएको आरोप लगाईन । सत्ता र पार्टीको विचारमा छाडेर अहिले राष्ट्रिय मुद्धामा लाग्नुपर्ने बेला आएको बताईन । संविधान नबनोस भन्ने तत्वहरुले मधेशबाट अराजक गतिविधि बढाउन थालेको बताईन ।
समारोहमा सभासद नजिर मियाँ काग्रेस जिल्ला सभापति कमल प्रसाद भुसाल माओवादीका सेक्रेटरी ठाकुर विक एमालेका सह सचिव कुलदिप भुसाल प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनी स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेल लगायतल बोलेका थिए । कार्यक्रम शम्भु पोखरेलको अध्यक्षता र कुशल भुसालको सचालनमा सम्पन्न भएको थियो ।