कोल्टे फेर्दै थियो समय

– अनिश जी सी (रामू जीसी )

 

बिपनिमा त आइनौ तिमी, सपनीमा आउछेऔ भन्ने आसा थियो
सपनीमा पनी आइनौ तिमी एक्लै थिया बिउझेर हेर्दा …..
सयौ जुनी संगै हुनी, भनेर जोड़ेको मायाको बन्दन
पानीमा गलेको रस्सीजस्तै तोडेर गयौ समय ले कोल्टे फेर्दा ….

आखिर गल्ती के थियो र मेरो, येसरी मलाई छोडेर गयौ तिमी !
अझ पनी काकाकुल ले पानी खोजे जस्तै तिमीलाई खोज्दै हिडेको छू
फुल्न थालेको मायाको कोपिला फुल्न नपाउदै गोड़ेर गयौ तिमी !!
अझ पनी तिम्रै लागी दिलको फुलबरिमा फुलहरू सजाई बसेको छू
 …………………………..केबल तिमीलाई साचो माया गर्छु भनेर !!!