विरोधी पक्षद्बारा हात-हतियार त्यागेमा वार्ता गर्न लिबिया सरकार इच्छुक

लिबियाका उप-विदेशमन्त्री घालेद क्लाइमले हिजो राती बोल्दै विरोधी पक्षको हात-हतियार त्यागिएमा वार्ता गर्न लिबिया सरकार इच्छुक रहेको कुरा व्यक्त गर्नुभएको छ। उहाँले हिजो राती आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

          मौरीटानिया, माली, कङ्गो, दक्षिण अफ्रिका तथा युगान्डा आदि मुलुकका नेतागणद्वारा गठित अफ्रिकी संघले लिबिया सङ्कटको समाधान गर्ने तरिका पहिल्याउनका लागि अर्को साता लिबियाको भ्रमण गर्नेभएको छ।