फुकुशिमा आणविक विद्युत केन्द्रको मेशिनको विकीरणयुक्त फोहोर पानी समुद्रतिर बग्न रोकेको तर कता र कहाँ फ्याँक्ने मुश्किल

जापानी टोकियो इलेक्ट्रोनिक कम्पनिले पानीलाई रोक्ने पदार्थ हाल्ने जस्ता पद्धतिहरुको प्रयोग गरेपछि फुकुशिमा आणविक विद्युत केन्द्रको दुई नम्बर मेशिनबाट निस्केको फोहोर पानी समुद्रतिर बग्न रोकिएको छ।

         पाँच तारिखका दिन टोकियो इलेक्ट्रोनिक कम्पनिले दुई नम्बर मेशिनहरु नजीकै भएको इनारमुनि टुक्रा टुक्रा ढुँगाहरुमा आठ वटा प्वाल बनाएर छ हजार लिटर नाना किसिमका पानीलाई रोक्ने पदार्थ हालेपछि सोही राति उक्त किसिमका फोहोर पानी बग्ने कम भएको र छ तारिख बिहान सबेरै फोहोर पानी बग्ने बन्द भएको निश्चित भएको छ।

          तर ती फोहोर पानीलाई कता र कहाँ बगाउने भन्ने कुरा जापान सरकार र सम्बन्धित पक्षका सामु मुश्किल भएको छ।