मेवाको अचार अनी चैत महिना सम्झदा भक्कानीन्छ मन-उमाकान्त पाण्डे गाउले


 

– उमाकान्त पाण्डे गाउले
  अर्घाखाँची बल्कोट ३ साजबोट
      हाल: यूएई-दुबई
 मध्यपुर्व स्थित अन्तरास्ट्रिय प्रमुख


गाउमै जन्मेको गाउमै हुर्केको -म गाउले। मलाई गाउ ठाउँ र त्यहाको रहन सहन पनि मन पर्ने,यथार्थता लाई ओखल्न पर्दैनथ्यो होला तर मेरो मनले मान्दैन। लाग्छ हामी सबै नेपालकै गाउका हौ,हुन त फेरी गाउमै भएर पनि शहरमा घर छ भनेर बताउन खोज्ने साथी हरुलाई यो कुरा मन नपर्ला पनि।तर के गर्नु सबैको नजरमा सफल अनी सजह बन्न त शायद उनी माथि वाला पनि सकेनन क्यारे-अर्थात प्रभु पनि।


चैते दसैं आउथ्यो चैतमा लागेको मेला हेर्न घर देखी नजिकको वनीपोखरी मन्दिर पनि गइन्थ्यो, होली मनाउन केरुङगा अमराइ पुगिन्थ्यो ,पुर्णिमा मेला हेर्न अर्घा पुग्ने सपना अहिले सम्म अधुरो रह्यो । तर संचारको बिकास सँगै अहिले आफ्नै वेबसाइट मार्फत त्यस स्थानको प्रत्यक्ष प्रशारण गरिन्छ झन सम्झना ताजा रहन्छ। अझ फाल्गुनमा चिर पोल्ने भनेर बारीको बिच भागमा रहेको मकैको डाठको थुप्रोमा केटाकेटी पारामा आगो लगाइन्थ्यो । ओ हो आगो निभाउन हम्मे हम्मे पारी गाग्री र जर्किन बोकेर पानी अनी स्याउला भाचेर माटो ले हानिन्थ्यो। भर्लाका टाटा ओ हो त्यही आगोमा पोलेर खाने कोशीस गर्दा धन्नै त्यो पड्किएर आँखा मा लागेन नत्र अहिले यसरी लेख्न पनि हम्मे हम्मे हुन्थ्यो होला।


सानै थिए – हुन त अझै पनि सानै हुला तर आफ्नो मुल्याकन केका आधारमा गर्नु?गर्न खोजे पनि गलत हुनसक्छ।म गाउमा जन्मेर गाउमै हुर्केको भएर होला नाम को पछाडि गाउले पुच्छुर लगाउन पनि मलाई सहज लाग्यो।प्राथमिक तहको अध्ययन गर्ने बखतको समय हो।हिउदे खेती गहु -तोरी-जौ स्याहरेर अन्न बाली भित्राए पछी सामान्य तया पहाडी गाउका बारीमा मोल फाल्ने चलन।अर्थात पुनह मकै छर्नका लागि साल भरी भैंसी- गाई बस्तुभाउ बाट जम्मा भएको मल बारीमा लगेर फाल्ने चलन।खेताला खोज्यौ-मेला पात गर्‍यो-वसन्त ऋतुका दिन हरु पहाड डाडा पाखा रातै देखिन्थे कही कतै हरियाली नभै सकेका प्याउला पलाउदै गरेको देखिन्थ्यो सम्झदा मुख बाट सररर ….पानी नै आउछ। किनकी सम्झना ताजै छ गर्मीको क्षणिक धुपमा अमिलो चुक पानी खाएको।


मेवा गर्मीमा सितल प्रदान गर्ने एक असली फल । मलाई सार्है मन पर्ने अघिल्लो वर्षमा लगाए अर्को वर्ष त आफु भन्दा कयौ गुणा ठुलो अग्लो देखिने सुर परे आफ्नो घरकै धुरी काट्ने । पाके पछी भन्दा पहिले नै अचार बनाएर खानु झन मिठो त्यो पनि दिन भर मल फाल्ने खेताला सँग । ओ…हो..बुढेसकाल लाग्यो भनौ भने १ बिस पुगेको धेरै भएको छैन।कलिलो नै भनु भने नागियो १ बिस पनि अलिक पोहोर परार साल नै ।


प्रवासमा आज मलाई त्यही कुराको सम्झना आउँदै छ।भनु न गर्मीको समय पाकेको मेवा नपाए काँचो मेवाकै अचार अझ तिर्खा लाग्दा चुक पानी। दिन भर खेताला सँग बारी अनी मलखात मा आयो मल खन्यो डोकी मा राख्यो लोक भाका दोहोरी गीत गाउदै रमाइलो गर्‍यो क्या रमाइला दिन थिए हगी ….?


पश्चिम पहाडी जिल्ला अर्घाखाँची – त्यहा बाट अध्ययनका लागि जाने भनेको बटौली। बटौली तिनाउ द्वारा सिन्चित भुमी चुरेभावर पहाडको फेदी , सडक शहर पुरै ब्यस्त – छताछुल्ल पोखिएको । अध्ययनको क्रममा बटौली झरियो , गाउघरको सम्झनाले सार्हो सताउने – एक दिन मै भर्ना भएको स्कुलमा मैले नेपाली ढाका टोपी लगाएर गए , सबैले मलाई हेर्थे र जिस्काउथे – मलाई अलिक पचेन – बिधालयको प्र.अ. र एक दुई जना अन्य शिक्षक ले बाहेक बिधालयमा बिद्यार्थीले लगाएको देखिन पनि मैले त्यही अवस्थामा आफ्नो नाममा उपनाम थप्न पाए , मलाई गर्व पनि छ र मलाई जिस्काउने केही सँग त्यती बेला केही बहस पनि स्वभाभिक भयो । ति साथी हरु अहिले मलाई नेपथ्यमा माफ पनि माग्नु हुन्छ – वास्तवमा जे भयो भयो भनेर । ओ हो म बहकिए जस्तो पो छ त : अ साच्चिकै गाउ को कुरा गरी रहदा यो चैत मास पाक्ने बारीको ढिक भरी हुने किम्मु वा वा वा जिब्रो नै रातो भयो । अनी काल्ना हरुमा पाकेका एसेलु ओ हो लुछाचुडी गरी साथी हरु सँग लडेर खाएको । कहाँ पो भुलेको छु र काफल पाक्यो भन्दै चरिले गीत गाएको । अनी उता लेक बाट डोकीमा राखी बिक्रीका लागि ल्याएका काफल कुटुकुटु खाएको पनि ।


अध्ययनको क्रम मा बुटवल रहदा बस्दा मलाई गाउको सम्झनाले सताएर अरु केही होइन पत्र नै लेख्ने गर्थे र गाउ जाने मान्छे को हातमा नत्र हुलाक देखी नै पठाउथे – कहिलेकाही त पत्र पुग्न भन्दा आफु पहिले पुगेको उदाहरण पनि भए । एमाओवादीको युद्द त्यती बेला विस्तारै शहर केन्द्रित हुँदै थियो। गाउमा टेलिफोन रिपिटर टावर ध्वस्त भएका थिए , घर बाट आउने फोनको प्रतिक्षाले हप्ता बित्ने गर्थ्यो । आमा ले २ – ४ घण्टा लगाएर हिंडेर भए पनि फोन बुथ सम्म आइ फोन गर्नु हुन्थ्यो – धन्य मेरी आमा । गाउ बाट कोही बुटवल आउँदा कुरौनी घोटेर पठाउने – घियु लाई सिसा मा भरेर पठाउने वा आमा अहिले सम्झदा भक्कानीन मन लाग्छ तर….समंयम भएर बस्नै पर्दो रहेछ ।