– भिम बहादुर बस्नेत
अर्घाखाँची, नेपाल
हाल दोहा कतार
भेटन आउंछु चौतारीमा,भनी त्यसै तार्यौ सानु
नआउने मन भय,ब्यार्थै किन भर पार्यौ सानु
माया गर्छु तिमीलाई,नत्र मर्छु भन्थ्यौ तिमी
झुटो माया देखाएर,आँसु किन झार्यौ सानु
जुनी जुनी संगै बाँच्ने,संगै मर्ने कसम खाथ्यौ
छुरा धसी मुटु भित्र , किन जिउंदै मार्यौ सानु
दुई दिनको जिन्दगीमा , घाम छाँया देखाएर
अर्कैलाई काखी च्यापी , कुन नदी तार्यौ सानु
माया भन्दा ठुलो धन,सम्पती भो आज भोली
लोभमा परी त्योमन किन,काँडेतारले बार्यौ सानु