– शोभाखर पन्थी
चैत्र-२४ अर्घाखाँची । एकिकृत नेकपा माओवादी अर्घाखाँचीले आज जिल्लाका गाउँगाउँमा जनआन्दोलन दिवस मनाएको छ ।
माओवादीले सदरमुकाम सन्धिखर्कका अतिरिक्त जिल्ला अधिकांस गाविसमा २०४६ चैत्र २४ को सम्झना गर्दै दिवस मनाएको थियो । दिवसमा मन्तव्य राख्ने माओवादीका नेताहरुले शान्ती र संविधानका लागि फेरी पनि रगत बगाउनु पर्ने बेला आएको बताएका थिए ।
वक्ताहरुले जन आन्दोलन र जनयुद्धका उपलब्धीहरुलाई खोस्न यथास्थितिवादीहरुले षडयन्त्र गरिरहेको आरोप समेत लगाए । विभिन्न गाविसमा साचालित कार्यक्रममा माओवादीका केन्द्रीय सल्लाहाकार राजु नेपाली माओवादी मगरात राज्य समितीका सचिवालय सदस्य गोविन्द के.सी प्रकाश जिल्ला सेक्रेटरी ठाकुर कुमार बिक लगायत राज्य समिती र जिल्ला समितीका नेताहरुले मन्तव्य राखेका थिए ।