संविधान निर्माणमा माओवादी बाधक

– शोभाखर पन्थी


चैत्र-२४ अर्घाखाँची । नेकपा एमालेका पोलिट ब्युरो सदस्य छबिलाल विश्वकर्माले संविधान निर्माणमा एकिकृत नेकपा माओवादी बाधक बनेको आरोप लगाउनु भएको छ ।

 

नेपाल उत्पिडित जातीय मुक्ति समाज अर्घाखाँचीको तेस्रो जिल्ला सम्मेलनको आज सन्धिखर्कमा उद्घाटन गर्दै विश्वकर्माले ठुलो दल भएका कारण संविधान निर्माणमा प्रमुख भुमिका खेल्न पर्नेमा माओवादीले अनेकौ बखेडा झिकेर बाधा पुर् याएको बताए ।

 

उनले वर्तमान सरकार कसैको दया र मायाबाट निर्माण नभएको तर्क राख्दै आफुले सरकारको नेतृत्वका लागि गरेका हरेक प्रयास असफल भएपछि एमालेको नेतृत्व माओवादीले स्वीकार्न बाध्य भएको बताए । बिश्वकर्माले साँत बुदे सहमतिप्रति असन्तुष्टि जनाउँदै शान्ती र संविधान निर्माणका लागि प्रमुख दलहरुबीच सहमति कायम गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

 

उनले नया संविधानमा दलित महिला जनजाति र दुर्गम क्षेत्रका जनताका अधिकार सुनिश्चित हुने बताउँदै जेष्ठ १४ भित्रमा संविधान जारी गर्न जनदवाव सीर्जना गर्न आग्रंह गरे ।

 

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाँले शान्ती र संविधान निर्माणमा बाधक बन्ने दललाई जनताले तिरस्कार गर्नुपर्ने बताए । उनले मुस्लिम दलित र महिलाहरुका अधिकार सुनिश्चित गर्नका लागि सबै पक्षले सहयोग पुर् याउनु पर्ने बताए ।

 

उत्पिडित जातिय मुक्ति समाजका अध्यक्ष भोज बहादुर गन्दर्भको अध्यक्षता र सचिव धनश्याम परियारको साचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे एमाले केन्द्रीय सुरक्षा विभागका सदस्य बोम बहादुर बिक मुक्ति समाजका केन्द्रीय सल्लाहाकार लक्ष्मण नेपाली जोगलाल बिक अनेरास्ववियुका केन्द्रीय सदस्य लिल बहादुर बिक अनेम संघका अध्यक्ष बिजुला रायमाझि युवा संघका अध्यक्ष झविन सुनाम युवा किसान महासंघका केन्द्रीय उपाध्यक्ष युवराज पौडेल अनेरास्ववियुका अध्यक्ष भरत न्यौपाने एमाले जिल्ला सदस्य इश्वारा पोख्रेल मान बहादुर बिक शुसीला गैरे रामलाल सुनार लगायतका वत्ताहरुले मन्तव्य राख्नु भएको थियो ।

अन्य समाचारहरु