नेटोले लिबियामा सैनिक कारवाहि सबल पार्ने

नेटोका प्रवक्ता ओएना लुङ्गजेस्कुले छ तारिखका दिन नेटोले लिबियामा सैनिक कारवाहि सबल पार्ने बताउनु भएको छ।

            नेटोको अधिकारीका अनुसार, अमेरिकी सैनिक हेलिकोप्टरले चार तारिखका दिनदेखि वायु आक्रमण स्थगित गरेको छ।

            लिबियाका नेता ओमार मुआम्मर अल गद्दाफिले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पटक पटक नेटोको वायु आक्रमण रोक्न भनेको अमेरिकी ह्वाइट हाउसका प्रवक्ता जे कार्नेले बताउनुभयो। तर अमेरिकाले युद्ध विरामको पूर्वाधारमा लिबिया सरकारले हिंसात्मक कारवाहि रोक्नु पर्ने, नियन्त्रित शहरबाट आफ्नो सैनिक फिर्ता गर्नु पर्ने आदि ठोस कारवाहि चलाउनु पर्ने बताएको थियो।