जापानमा सुनामीको चेतावनीलाई फिर्ता लिएको छ । पूर्वोत्तर जापानमा ७.१ रेक्टर स्केलको तीव्रता भुकम्प आए लगतै सुनामीको चेतावनी जारी गरिएको थियो।
जानकारी अनुसार सुनामीका कारण समुद्री लहर दुई मीटरको ऊँचाई सम्म पुग्न सक्थ्यो।
जापानको सरकारी टेलीभिजनले चेतावनी जारी गरे अनुसार ति इलाकामा मानिसहरु सुनामीका कारण प्रभावित हुन सक्ने र उच्च इलाकामा जान अनुरोध गरिएको थियो ।
जापानको उक्त पुर्वउतर इलाक़मा यस अघी आएको भूकंप एवम सुनामीका कारण कयौ क्षती हुनुका साथै फ़ुकुशिमा परमाणु संयंत्रमा समेत ठुलो नोक्सान भएको थियो।
बुधवार आएको भूकंपको केन्द्र फ़ुकुशिमाबाट ११८ किलोमीटर उत्तर समुद्रमा थियो। भूकंपले राजधानी टोक्योका कयौ स्थानमा धक्का दिएको थियो।
पहिले भुकम्पको तीव्रता रेक्टर स्केल ७.४ बताईए पनि पछी ७.१ गएको बताइएको थियो।
—
जापानको आणविक विद्युत केन्द्रको विकीरणयुक्त फोहोर पानी समुद्रतिर बग्नबाट रोकेको
जापानी टोकियो इलेक्ट्रोनिक कम्पनिले छ तारिखका दिन फुकुशिमा आणविक विद्युत केन्द्रको दुई नम्बर मेशिनको विकीरणयुक्त फोहोर पानी समुद्रतिर बग्नबाट रोकेको छ।
हिजै जापान सरकारले फुकुशिमा आणविक विद्युत केन्द्रको बीस किलोमिटर भित्र बसेका जनताहरुलाई छिटो नै आफ्नो घर फर्काउने बताएको छ।
यस महिनाको चार तारिखका दिन जापानी टोकियो इलेक्ट्रोनिक कम्पनिले विकीरणयुक्त फोहोर पानी समुद्रतिर निष्काशन गरेको छ। दक्षिण कोरिया आदि मुलुकले सो कदमको विरोध गरेका छन्। फुकुशिमा आणविक विद्युत केन्द्रले विकीरणयुक्त फोहोर पानी समुद्रतिर निष्काशन गर्ने सम्बन्धी कुरामा जापानले पुर्ण रुपमा जानकारी नदिएको फ्रान्सले छ तारिखका दिन जनाएको छ।