– प्रेमनारायण आचार्य
अर्घाखाँची २५ चैत । नेपाली काग्रेसकी केनिद्य सदस्य तथा सभासद पुष्पा भुसालले नेपालको राजनितिमा सहमति र सहकार्यको बाधक माओवादी र एमाले भएको आरेाप लगाउनु भएको छ ।
उहाँले शान्ति प्रकृया र संबिधान निर्माण प्रकृयालाई ओझेलमा पार्न सत्तामा बसेका दलहरु सकि्रय भएर बसेको आरोप लगाउनु भएको छ । उहाले संबिधान नबन्नुको प्रमुख दोसि माओवादि भएको आरोप लगाउनु भयो ।
अर्घाखाँचीको धनचौर सेंगलंगमा सोलार सिस्टमवाट संचालन गरिएको खानेपानीको आज उद्घाटनलाई सम्वोधन गर्दै महिला नेतृ भुसालले यस्तो बताउनु भएको हो ।
उहाले बिकास निर्माणकालागि नेपालि काग्रेस सधै सकि्रय भएर लागिरहेको बताउदै जिल्लाको बिकास निर्माणको लागि आफु सकि्रय भएर लाग्ने बताउनु भयो ।