एमाले अर्घाखाँचीको प्रथम जिल्ला प्रतिनिधि परिसद बैठक: निर्धारित समयमा संविधान निर्माण हुनेमा शंका

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची २५ चैत । नेकपा एमालेका महासचिब ईश्वर पोख्रेलले निर्धारित समयमा सिबंधान निर्माण हुनेमा संका उत्पन्न भएको बताउनु भएको छ । 

 

  माओवादिले लडाकु समायोजन गर्न नचाहेका कारण जेठ १४ गते संबिधान बन्न नसक्ने बताउदै लडाकु समायोजन र माओवादिको िहंसात्मक गतिबिधि अन्त्य नभए सम्म संबिधान जारी नहुने बताउनु भयो । 

 

  अर्घाखाँचीको सन्धिखर्कमा नेकपा एमालेको  प्रथम जिल्ला  प्रतिनिधि परिसद बैठकको आज  शुक्रबार  उद्घाटन गदै यस्तो कुरा बताउनु भएको हो । 

 

   माओवादीले लडाकु समायोजन गर्न नचाहेको बताउदै शिबिरमा रहेका लडाकु र हतियार ब्यबस्थापन नभए सम्म बन्दुकको छाया मुनी रहेर संबिधान निर्माण नहुने जिकिर गर्नु भयो । 

 

   उहाँले ताकिएको समयमा संबिधान निर्माण गर्न र शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुराउन जनताले खबरदारी गर्नु पर्ने बताउनु भयो । उहाँले काग्रेस सरकारमा आए मात्र शान्ति प्रकृया निष्कर्षमा पुग्ने दाबी गर्नु भयो । 

 

  माओवादीको बोली र ब्यबहार एउटै नभएको बताउदै युद्धको धंगधंगी भएको पाटीलाई राष्टको   नेतृत्व दिन नसकिने बताउनु भयो ।

 

कार्यक्रममा मन्तव्य र।ख्दै नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाँले नयाँ संविधानमा दलित जनजाति महिला र अल्पसंख्यकका अधिकार सुनिश्चितताको लागि नेकपा एमाले प्रतिबद्ध रहेको बताउनु भयो ।

 

एमाले अंचल कमिटीका सचिव खिमलाल भट्टराईले शान्ती र संविधान निर्माणमा माओवादी ईमान्दार नभएको बताउदै साँत बुँदे सम्झौताको त्यान्द्रो समाएर कांग्रेसले त्यसको विरोध गर्दै हिड्दा लोकतन्त्र गुम्न सक्ने तर्क राख्दै यथास्थितिबाट अगाडि आउन कांगे्रसलाई आग्रंह गर्नु भयो ।

 

एमाले जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरेको अध्यक्षता र जनार्दन खनालको साचालनमा सम्पन्न कार्यक्रममा जिल्ला उपसचिव कुलदिप भुसाल लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।

 

यसअघि बाजागाजा सहित निस्किएको एमाले कार्यकर्ताहरुको जुलुसले चुत्रावेसि र सन्धिखर्क बजार परिक्रमा गरेको थियो ।

 

यसैबीच एमाले महासचिव पोख्रेलले एमाले अर्घाखाँचीका पुर्व सचिव स्वर्गीय नेत्र बहादुर क्षेत्रीको सम्झनामा विमोचन गर्नु भएको थियो ।

 

 

                 (Additional reporting by Shovakhar Panthi in Arghakhanchi and editing by Ajay Karki in Zurich, Switzerland)

अन्य समाचारहरु