– शोभाखर पन्थी
अर्घाखांची चैत्र २६ । राष्टिय जनगणना २०६८ लाइ अर्घाखांची जिल्लामा कसरी सफल पार्न सकिन्छ भन्ने बारेमा सदरमुकाम सन्धिखर्कमा एक दिवसिय सचेतना गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले जनसख्या सम्वधि सत्य तथ्य र यथार्थ तथ्याङ्क बाहिर ल्याउनका लागी सबै पक्षले सहयोग पुर्याउनु पर्ने बताउनुभयो ।
उहाँले राज्यले विकास निर्माण लगायतका अन्य संरचना हरु जनसख्यालाई आधार बनाएर निर्माण गर्ने हुदा सरकार द्धारा सन्चालित अभियानमा हातेमालो गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रम एकिकृत नेकपा माओवादीका जिल्ला सेके्रटरी ठाकुर कुमार विक किशोर एमाले जिल्ला सचिवालय सदस्य जनार्दन खनाल नेपाली काङ्गग्रेसका असोक श्रेष्ठ राष्टिय जनमार्चाका गोपाल पौडेल संयुक्त जनमोचाका केदि्रय उपाध्क्ष यमुना भुसाल एकिकृत क्रान्तीकारीका डिलाराम पाण्डे नेकपा मालेका केदार बेलबासे राष्टिय जनमुक्तीका इन्द्र बहादुर गोलेले जनगणना सफल पार्न आ-आफ्नो ठाउबाट सहयोग पुर्याउने बताउनु भएको थियो ।
स्थानिय विकास अधिकारी पुन्य विक्रम पौडेलको अध्यक्षता र शेषकान्त ओसनको सन्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी बार एशोसियसनका अध्यक्ष केवि भुसाल दलित उत्थान विकास समितीका उपाध्क्ष लोकेन्द्र विक शिक्षक संघका अध्यक्ष मुक्तीराम भण्डारीनेपाल राष्टिय शिक्षक संगठनका अध्यक्ष बाबुराम आचार्य प्राध्यापक विजय छेत्री लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी सुर्य प्रसाद भुसाल जिल्ला जनगणना कार्यलयका प्रमुख राम प्रसाद वाग्ले र कृष्णराज पाण्डेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।