भारत हुँदै साउदी अरब पुर्‍याइएकी दैलेखकी एक युवतीको उद्धार

दैलेख  – रुपैडिहा नाकाबाट भारत हुँदै साउदी अरब पुर्‍याइएकी दैलेखकी एक युवतीको उद्धार गरिएको छ ।

शान्ति पुनस्र्थापना गृह कपिलवस्तुका कर्मचारीले पादुका-२ चिसापानीकी १६ वषर्ीया कल्पना जिसीको उद्धार गरेका हुन् । उनले प्रहरीसमक्ष गाउँकै कविराम सुनारले राम्रो जागिर लगाइदिन्छु भन्दै ललाइफकाई नेपालगन्ज पुर्‍याएको बताइन् । कविरामको सहयोगमा बाँके मनिकापुरकी माया केसीले आफूलाई बम्बईस्थित एक होटलमा पुर्‍याएको उनले सुनाइन् । 

‘बम्बई र साउदी अरबमा सुत्ने बेलामा बेहोस गराउने ट्याब्लेट खुवाइयो,’ कल्पनाले भनिन्, ‘दिन रात सञ्चो भएन । दिनहँु रोइकराई गर्न थालेपछि मात्र फेरि बम्बई ल्याइयो ।’

उनलाई किर्ते राहदानी प्रयोग गरी अवैध बाटो भएर दिल्ली, बम्बई हुँदै साउदी अरब पुर्‍याइएको थियो । कल्पनाले प्रहरी कार्यालय दैलेखमा विदेश पुर्‍याउनेविरुद्ध कारबाहीको माग गर्दै किटानी जाहेरी दिएकी छन् ।