छोडेर जानेको सम्झनामा अन्तरमनका शब्द:

जे गर्नु थियो गरीनै हाल्यौ,तिम्रो र मेरो आत्मकथा भनेको इतिहाषको दन्त्यकथा बनीसक्यो।जान त तिमी गई हाल्यौ आजपनि तिम्रो सम्झना लाई साथी बनाएर बाँचेको छू,आगमन होला भनी बसी रहें प्रतीक्षा गरी रहें तिम्रो निम्ति जीवन खनाई रहें,आज म यस गोल चक्करको पल्लो कुना बाट यी भाब हीन शब्दहरु तिम्रो बियोगमा यस माध्यम द्वारा पोख्दै छू,जसमा मेरो तर्फबाट भन्नुपर्ने केही छैन तिम्रो माया तिम्रो कल्पना तिम्रो मुस्कान सधै सधै मुटुमा सजाउदै बिगतको समयमा म आफुले आफैलाई मृत्त घोषित गरेपनी तिमीलाई अजम्बरी ठान्दै आफन्तहरुको अगाड़ी जल्दै जल्दै एउटा बादल बनेर तिमीलाई अरुले नदेखुन भनी छेक्दै छेक्दै मनभरी तिम्रै अनुपम साथ लिएर जीवन यात्राको गंतब्य खोज्दै-खोज्दै दिनहरू बीते,रातहरु बीते महीनौ बीते बर्षों बीते जून समयमा तिम्रो र मेरो बारेमा पारिबारिक अनि बाहिरी चित्रण बाट जे जे देखिन पुगे पनी अन्तर आत्मा एकै साथ हुन गयो।


सायद तिमीलाई थाहा थिएन होला तिम्रो घरपरिबार को बारेमा,तिम्रो परिबार तिम्रो समाज कु-संस्कार रहेछ तर पनि म तिमीलाई महान नारी सम्झी रहें,अजम्बरी सम्झी रहें,र त्यस्तो अर्घाखाँची जस्तो सुन्दर ठाउमा जन्मेर पनी त्यों सभ्यता? छि: घिन लाग्दो!(समग्र जिल्ला लाई दोश दिएको होइन-सम्पादक)र यो कुरा मलाई थाहा थिएन,जुनकिरिहरू रांको बन्न सक्दैनन,के तिमीलाई था छ माया के हो?के तिमीलाई थाहा छ कसैको बियोगमा परी टाढा हुनुको पीड़ा के हो ? नाई तिमीलाई थाहा थिएन? हुनत अचानोको पिर खुकुरी लाई के नै थाहा हुन्छ र !तिमी बिना बाँच्न सक्दिन भन्नेले किन त्यती छिटो जिन्दगीको अंतिम घडी लाइ निम्तायौ तिमी कुन हतारमा थियौ?हावाको बेग जस्तै गरेर बहनु पर्ने तिमीमा के त्यस्तो बाध्यता थियो र ?मलाई रूहाएर तिमी के पायौ?आखिर तिम्रो सिउदोमा म अटन सकिन,तिमीले यो एक गरीब यूबक  संग खेलवाड गर्यौ आज तिम्रो धेरै याद आईरहेछ,सायद नवबर्ष आएर होला तिमी ले पनी गएको बर्ष हैप्पी न्यू इयर भनेकी थियौ शुभकामनाहरू साटासाट गरेका थियौ।त्यों सम्झना ताजै छ:अहिले जस्तै लाग्छ,यो साल तिम्रो लागी शुभ रहोस सधै भरी चम्किरहनु,


आज आएर अर्घाखाँची डटकम लाई शुखदुखको चौतारो बनाएको छू,ल त यही अर्घाखाँची डटकम द्वारा भए पनी मेरो कल्पनामा आईरहनु नयाँ बर्ष को साथ साथै तिम्रो दाम्पत्य जीबन को लागी हार्दिक मंगलमय सुभकामना! अर्पण गर्दै उही तिम्रो हुन नसकेको  अतीत……नरेश जी  . सी., पिपलधारा -५ , गुल्मी, हाल: मुग्लान भारत दिल्ही- अस्तु !!!!