फुकुशिमा केनको आणविक घटनाबाट उचित शिक्षा लिने-आणविक सुरक्षा सन्धिमा हस्ताक्षर गर्ने

अन्तर्राष्ट्रिय “आणविक सुरक्षा सन्धि”मा हस्ताक्षर गर्ने पक्षहरुबीचको पाँचौं बैठक हिजो भियनामा पूरा भएको छ। उक्त बैठकका अध्याक्ष एवम् चीनको राष्ट्रिय आणविक सुरक्षा व्यूरोका प्रमुख लि कान चेले सन्धिमा हस्ताक्षर गर्ने पक्षहरुको प्रतिनिधित्वमा एउटा पक्तव्य प्रकाशित गर्नुभएको छ।

    उक्त वक्तव्यअनुसार, विभिन्न पक्षले फुकुशिमा केनको आणविक घटनाबाट उचित शिक्षा लिनुका साथै आणविक केन्द्रको सुरक्षा रक्षा गर्ने गतिविधि चाल्नुपर्छ।

    साथै अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजन्सीले पनि आफ्नो कार्य व्यवहारमा उतारेर आणविक केन्द्रको अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड प्रस्तुत गर्नुपर्ने कुरा पनि जनाइएको छ।