यही अप्रिल महिनाको 14 देखि 15 तारिखसम्म अमेरिकाको वाशिङटनमा आयोजना गरिएको बीस मुलुक समूहका अर्थ मन्त्री र केन्द्रीय बैंकका गभर्नरहरुको दोस्रो सम्मेलनले संयुक्त वक्तव्य प्रकाशित गरेको छ ।
उक्त सम्मेलनमा विश्वको पुनरुत्थानको परिधि निरन्तर रुपमा विस्तार हुने, पुनरुत्थानको स्वतन्त्रता निरन्तर रुपमा बलियो हुने र निजीको चाहनामा क्रमशः बृद्धि हुने तर विश्व अर्थतन्त्र घट्ने जोखिम सधैं नै रहने कुरा जनाइएको छ ।
उक्त सम्मेलनले अन्तर्राष्ट्रिय मुद्रा प्रणालीको सुधारलाई प्रबर्द्धन गर्न, पेट्रोल, खाद्यन्नलगायतका मालसामानको मूल्यमा स्थिरता कायम गर्न र बित्तीय संस्थाको अनुगमन तथा व्यवस्थापनलाई बढाउन एक्यबघद्धता जाहेर गरेको थियो।
चिनियाँ अर्थ मन्त्री से स्यु रनले उक्त सम्मेलनमा हाल विश्व अर्थतन्त्र निरन्तर रुपमा पुनरुत्थान भएको तर पुनरुत्थानको आधार कमजोर भएको र प्रक्रिया असन्तुलित भएको कुरा बताउनुभयो। साथै उहाँले विभिन्न मुलुकले विश्व अर्थतन्त्रको नयाँ जोखिममाथि ध्यान दिनुपर्ने, समष्टिगत अर्थतन्त्र नीतिको समन्वयलाई सबल पार्नुपर्ने, अर्थतन्त्रको पुनरुत्थानलाई प्रबर्द्धन गर्ने र आर्थिक बृद्धिलाई कायम राख्ने कुरालाई महत्वपूर्ण कार्यभार बनाउनुपर्ने कुरामा जोड दिनुभयो।