मार्च महिनाको एघार तारिखका दिन पूर्वी जापानमा गएको भूकम्पले त्यहाँको पर्यटनकीय क्षेत्र र यातायात सेवामा गम्भीर असर पुर्याएको छ । फुकुशिमा डाइचि आणविक केन्द्र विष्फोट हुनाका साथै केही मुलुकहरुले आफ्ना नागरिकलाई जापान नजान अनुरोध गरेकाले जापानमा घुम्ने जाने विदेशी पर्यटकको संख्यमा ठूलो गिरावट आएको हो । मार्च बाह्रदेखि तेईस तारिकका दिनसम्म विदेशी पर्यटकको संख्या 73 प्रतिशतले घटेको जनाइएको छ।
प्राप्त तथ्यांकअनुसार, मार्च महिनामा जापान घुम्न जाने दक्षिण कोरिया, चीनको मुख्यभूमी र अमेरिकाका पर्यटकको संख्या पनि रुपमा लगभग पचास प्रतिशतले घटेको छ।