– वीरेन्द्र केसी
अर्घाखाँची – भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले काग्रेसलाई सरकारमा सहभागी नगराएसम्म जेठ १४ गते संबिधान बन्न नसक्ने बताए ।
उनले काग्रेस बिना सरकार अपांग हुने भएकाले नेपालमा शान्ती बहाली गर्न र तोकिएको समयमा संबिधान निर्माण गरि नेपाली जनतालाई सार्बभौमसत्ता सम्पन्न गराउनका लागि काग्रेस सरकारमा आउनु पर्ने बताए ।
अर्घाखाँचीको चाक्ला सिद्धारा भालुवांग मोटरवाटोको उद्घाटन गर्दै उनले माओवादीका स्थायी समिति सदस्य समेत रहेका रायमाझीले शान्ती प्रकृयाको एक महत्वपुर्ण अंग काग्रेस भएकाले काग्रेसको सहमति र सहकार्य बिना सरकार र संबिधानले पुर्णता नपाउने बताए ।
अहिलेको प्रमुख काम संबिधान लेख्ने भएकाले सरकार बनाउने र ढाल्ने खेलमा नलागी सबै राजनीतिक दलहरु एकजुट भई शान्ती प्रकि्रयालाई सफल बनाई संविधान जारी गर्नुपर्ने पहिलो आवश्यक्ता रहेको बताए ।
अर्घाखाँचीको कर्णली भनेर चिनिने दुर्गम स्थान सिद्धारामा झण्डै ३२ लाखको लगानीमा चाक्लावाट सिद्धारा जेड्ने १६ किलोमिटर मोटरवाटोको निर्माण कार्य सम्पन्न भएर पहिलो पटक बस पुग्दा स्थानीय बासिन्दा पंचेवाजा बजाएर छमछमती नाचेका छन् ।
कार्यक्रममा नेपाली काग्रेसकी केन्द्रिय सदस्य तथा सभासद पुस्पा भसालले कार्यक्रममा आउन नपाएपछि पठाएको शुभकामनारुपी पत्र पढेर सुनाईएको थियो ।
कार्यक्रममा स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेल एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार राजु नेपाली नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल नेकपा एमालेका जिल्ला अध्यक्ष रामजीप्रसाद घिमिरे राष्टिय जनमोर्चाका शेरबहादुर बिसी स्थानीय शान्ती समितिकी संयोजक यमुना भुसाल लगायतले अर्घाखाँचीको बिकास निर्माणका लागि सहमति र सहकार्य गरेर अगाडी बढ्ने बताएका छन् ।
कार्यक्रम मोटरवाटो निर्माण समितिका अध्यक्ष गनबहादुर बिकको अध्यक्षता सदस्य पदमप्रसाद बेल्वासेको स्वागत मन्तब्य र सदस्य माधबप्रसाद बेल्वासेको संचालनमा सम्पन्न भएको हो ।