एशियाको आर्थिक वृद्धिमा बढी तातेको संकेत

अन्तर्राष्ट्रिय मुद्रा कोषअन्तर्गत एशिया तथा प्रशान्त क्षेत्रीय विभागका निर्देशक अनुप सिंहले आगामी दुई वर्षसम्म एशियाको अर्थिक वृद्धिदर यथावत कायम हुने अनुमान गर्नुभएको छ ।

                     अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंकको बसन्ते सम्मेलन 2011 सम्बन्धी जानकारी दिन हिजो आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै उहाँले यद्यपि एशियाको अर्थतन्त्र तात्दै गएको संकेत देखा परिसकेको बताउनुभयो।

                    श्री सिंहले चीन तथा भारतले दुबै मुलुकको मात्रै नभएर क्षेत्रीय आर्थिक वृद्धि प्रक्रियामा मुख्य भूमिका निर्वाह गर्दै जाने विश्वास व्यक्त गर्नुभयो। बितेका केही महिनामा एशियाको अर्थतन्त्र तातेर खतरा बढ्दै गएकाले चीन तथा भारतले मुद्रास्फितिको सामना गर्नुका साथै आउने केही महिनामा लागू गर्नुपर्ने आर्थिक नीतिलाई प्राथमिकता दिनुपर्ने विचार श्री सिंहले व्यक्त गर्नुभयो।

                     श्री सिंहले चीनलगागतका एशियाली मुलुकहरुले चाल्दै आएको कसिलो मुद्रा नीति चुनौतीको सामना गर्ने उचित तरिका हो भन्नुभयो ।