अन्तर्राष्ट्रिय समाजले अन्नबालीको मूल्यवृद्धिको संयुक्तरुपले सामना गर्न आह्वान

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको विकास समितिको सम्मेलन हिजो अमेरिकको वासिङ्गटनमा सम्पन्न भएको छ। उक्त सम्मेलनपछि प्रकाशित विज्ञप्तिमा अन्नबालीको मूल्यवृद्धिबाट विश्वमा सिर्जना भएको खतराप्रति चित्ता व्यक्त गरिएको छ। त्यसका साथै अन्तर्राष्ट्रिय समाजले आपसी सहयोगलाई बढाउँदै अहिले देखा परेको चुनौतीको सामना संयुक्तरुपमा गर्न आह्वान गरिएको छ।

                 विश्वको आर्थिक पुनरुत्थान केही हदसम्म विकासोन्मुख मुलुकहरुको प्रयासमा भरमा पर्ने ठहर विज्ञप्तिमा गरिएको छ। अन्नबाली तथा उर्जाको मूल्यवृद्धिको असन्तुलनबाट विकासोन्मुख मुलुक विशेष गरी गरिब मुलुकसामु सिर्जना हुने खतराप्रति सम्मेलनले चिन्ता व्यक्त छ।

                 विकासोन्मुख मुलुकको मागलाई पूरा गर्न विश्व बैंकले कृषि तथा अन्नबालीको क्षेत्रमा हुने बहुपक्षीय सहयोगलाई प्रबर्द्धन पार्ने कुरा विज्ञप्तिमा पनि ‌औंल्याइएको छ।