भारतीय प्रधानमन्त्रीले पाकिस्तानसँगको सम्बन्ध राम्रो बनाउन जोड दिने

भारतीय प्रधानमन्त्री मनमोहन सिंहले पाकिस्तानसँगको भारतको सम्बन्ध राम्रो बनाउन जोड दिने कुरा बताउनुभएको छ।

                   भर्खरै चीनको हाइ नानमा ब्रिक्स मुलुकहरूको सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलन सकिएपछि काजकिस्तानतर्फको आफ्नो भ्रमणमा निस्कने क्रममा आफ्नो विशेष विमानभित्र भारतीय प्रधानमन्त्री श्री सिंहले भन्नुभयो- यदि मैले भारत र पाकिस्तानबीचको सम्बन्ध सामान्य बनाउन सफल भएँ भने उक्त सामान्य सम्बन्धलाई अवश्य पनि राम्रो पार्नेछु।