खेलकुदको विकास विना राष्टको विकास असम्भव – रायमाझी


 

– शोभाखर पन्थी

 

बैशाख ६ । भौतिक योजना तथा निर्माण मन्त्री टोप बहादुर रायमाझीले खेलकुदको विकास विना राष्टको विकास सम्भव नरहेको वताएका छन् ।

 

 

 

दोश्रो राष्ट्रपति कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको मंगलवार सन्धिखर्कमा उद्घाटन गर्दै रायमाझीले नेपालमा विश्वलाईनै चुनौती दिने खेलाडीहरु हुदा हुदै पनि विगतमा सरकारी उदासिनताका कारण नेपालले खेलकुद क्षेत्रमा प्रगति गर्न नसकेको बताउदै सरकारले ग्रामिण क्षेत्रमा खुम्चिएर वस्न बाध्य भएका प्रतिभाशाली खेलाडिहरुलाई माथि उठाउन पहल गर्ने बताए ।

 

 

 

उनले शान्ति र संवधान निर्माणको लागि सवै दलहरुलाई सहमति गरेर अगाडि वढ्न आग्रह समेत गरे ।

 

 


रायमाझीले दलहरुले आपसी हठ कायम राखेमा शान्ति र संविधान सम्भव नभएको तर्क राख्दै गुटगत र दलीय स्वार्थ भन्दा माथी उठेर तत्काल सहमति गर्न पनि प्रमुख दलहरुलाई आग्रह गरे ।

 


अन्य समाचारहरु