– शोभाखर पन्थी
अर्घाखाँची बैशाख ६ । अर्घाखाँचीमा आज देखीशुरु भएको दोश्रो राष्टपति कप रनिङ्ग शिल्ड उद्घाटन शत्रमा भागाभाग भएको छ ।
उद्घाटन शुरु हुनासाथ खेलाडीहरुले मार्चपास गर्न लागेकै समयमा परेको पानी र हावाहुरीका कारण आयोजकले तयार गरेको गेट भत्किनुका साथै माच समेत अस्त व्यस्त भएको थियो ।
हावा हुरी संगै पानी र असिना परेपछि खेलाडीहरु र ठूलो संख्यामा उपस्थित भएका स्थानिय वासिन्दाहरुविच भागाभाग भएको थियो ।
कार्यक्तमको उद्घाटन गर्न आएका भौतिक योजना तथा निर्माण मन्त्री टोप बहादुर रायमाझी समेत पानीमा भिजेका थिए ।
पक्की मच भएका कारण मचमा त्यती असर नपरेपनि खेलका लागि तयार गरीएका सवै पुर्वाधारहरु भताभुङ्ग भएका थिए ।