बंगलादेश तथा भारतद्बारा रबिन्द्रनाथ टाइगोरको 150 ‌औं जन्मजयन्ती मनाइने

भारतीय महाकवि रबिन्द्रनाथ टाइगोरको एक सय पचासौं जन्मजयन्ती यस वर्ष परेको छ। बंगलादेश तथा भारतले वर्षभरि नै यसको लागि विविध स्मृति कार्यक्रमको संयुक्त आयोजना गर्ने भएका छन्।

 

स्मृति कार्यक्रमको उद्धाटन समारोह आउने मै महिनामा यी दुई मुलुकमा बेग्ला-बेग्लै रुपमा आयोजना हुने भएको छ। भारतीय उप राष्ट्रपति एम.हमीद अन्सारीले बंगलादशेको राजधानी ढाकामा आयोजना हुने उद्धाटन समारोहमा भाग लिनुहुने योजना छ भने बंगलादेश सरकारी राष्ट्रनायकले पनि भारतको नयाँ दिल्लीमा आयोजना हुने उद्धाटन समारोहमा भाग लिनुहुने कार्यक्रम छ।

 

थाहा भएअनुसार, बंगलादेश तथा भारतले रबिन्द्रनाथ टाइगोरको एक सय पचासौं जन्मजयन्ती संयुक्त रुपमा मनाउने निर्णय सन् 2010मा बंगलादेशी प्रधानमन्त्री शैख हासिनाले भारतको भ्रमण गर्नुहुँदा दुई देशका राष्ट्रनायकले निश्चित गर्नुभएको हो।