अफ्गानी तथा नेटोबाट गठित अन्तर्राष्ट्रिय सुरक्षा संयुक्त फौजले पूर्वी अफ्गानिस्तानमा संयुक्त सैनिक कार्बाही सुरु गरेको बुझिएको छ। उक्त कुरा अफ्गानी पूर्वी प्रान्तका प्रवक्ताले गत सोमबार जनाएका हुन्।
हालै सुरु भएको उक्त विशेष कार्वाहीलाई “इगल स्प्रीङ थर्ड” भनी नाम दिइएको छ। उक्त कार्वाहीबाट पूर्वी अफ्गानिस्तानमा गत चार दिनदेखि नै प्रभाव परेको छ।यसबाट हालसम्म 25 जना जति बिद्रोहीलाई मारिएको वा पक्राउ गरिएको छ। साथै बिद्रोहीले प्रयोग गरेका व्यापक हात-हतियार पनि कब्जा गरिएको खबर छ। उक्त कुरा पूर्वी अफ्गान प्रवक्ता ब्रिगेडियर जनरल जोसेफ ब्लोजले एक पत्रकार भेटमार्फत बताएका हुन्।