– वीरेन्द्र केसी
अर्घाखाँची । गरिबी र अशिक्षका कारण अभिभावकले आफना छोराछोरीहरुलाई विद्यालय पठाउन नसक्दा बालवालिकाहरु पढनबाट बन्चित भएको छलफलमा निष्कर्ष निकालिएको छ ।
जिल्ला शिक्षा कार्यालयले बुधवार गरेको विद्यार्थी भर्ना अभियान तथा विद्यालय स्वागत कार्यक्रममा बोल्ने वक्ताहरुले छोराछोरीलाई पढन पठाउनुपर्छ भन्ने चेनताको अभावले साना बालावाललिकाहरु भर्ना हुन पाएका छैनन । शहर देखी ग्रामिण भेगसम्म चरम गरिबी र चेतना नहुँदा ६ देखी १५ वर्ष उमेरका विद्यालय नगएको तथ्याङ्क रहेको शिक्षा कार्यालयले जनाएको छ ।
विहान बेलुका छाक टार्न समस्या भएका परिवारका छोराछोरीहरु पठनबाट विाचत रहेकाहरु जिल्लामा अझै सात प्रतिशत रहेका छन । गरिबी भएपनि उज्ज्वल भविश्यको लागि पढाउनुपर्छ भन्ने चेतना उक्त अभिभावकसँग कमी रहेको छलफलमा निष्कर्ष निकालिएको छ । विद्यालय उमेरका कोही पनि पढनबाट विाचत नहोउन भनेर तीन वर्ष देखी विशेष घरदैलो भर्ना अभियान चलाएको शिक्षा कार्यालयले यस शैक्षिक शत्रमा बाँकी रहेका सात प्रतिशत बालवालिकालाई पनि भर्ना गराउने शिक्षा अधिकारी सुर्यप्रसाद भुसालले बताए ।
छाक टार्न मजदुरी गर्न घरपरिवारमा छोराछोरीलाई पढाएर के हुन्छ भन्ने सोचका कारण विद्यालयमा भर्ना भएपनि बीचमै पठाई छाडने समस्या रहेको उनले बताए । कार्यक्रममा प्राध्यापक श्रीकृष्ण भुसालले राज्यले वितरण गरेको गरिब छात्रवृद्धि लगायतका कार्यक्रम साच्चै गरिब विद्यार्थीलाई पाउनुको सट्टा धनी र पहुँच वालाका छोराछोरीले मात्रै पाउने गरेको बताए ।
सबैभन्दा बढी सन्धिखर्क-चुत्रावेशी बजार र सिद्धारा जलुके सिमलपानी लगायतका अति दुर्गम क्षेत्रका बालवालिका विद्यालय जान सकेका छैनन । छलफल कार्यक्रममा शिक्षा कार्यालयका शाखा अधिकृत मित्रमणि खनाल लिला बहादुर राउत प्राध्यापक ज्ञानराज न्यौपाने बलाराम मिश्र प्रेमनारायण भुसाल प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासीनी लगायतले यस शैक्षिक शत्रबाट जिल्लालाई बालवालिका पढनबाट विाचत मुक्त जिल्ला बनाउनुपर्ने बताएका छन ।