भारतले आज बिहान एउटा रकेटको सफल प्रक्षेपण गरेर तीनवटा उपग्रहलाई बाह्य अन्तरिक्षमा पुर्याएको छ।
स्थानीय समयअनुसार, आज बिहान दश बजेर बाह्र मिनेट जाँदा भारतले पूर्वी क्षेत्रमा पर्ने आन्ध्र प्रदेशको श्री हारिकोटमा उक्त रकेट प्रक्षेपण गरेको हो।
ती तीनवटा उपग्रहमध्ये एउटा दुई नम्बर रिसोर्सेस उपग्रह तथा दुईवटा साना उपग्रह छन्। दुई नम्बर रिसोर्सेस उपग्रह सन् 2003मा प्रक्षेपण गरिएको एक नम्बरको सट्टामा पाँच वर्षसम्म काम गर्ने जानकारी दिइएको छ।