-मनोज कुमार डाँगी
दक्षिण कोरिया
प्रेम बरदानहो भगवानको
संगै जिउन सिक्नु पर्छ
निस्वार्थ आत्मा दुई मुटुको
किन बिछोडीदै रुनु पर्छ ।
बिना प्रेम संसार नचल्ने
भगवानको लिला कहनै पर्छ
मनुष्य हामी यो धर्तीमा
एक्लो पनि जिउनु पर्छ ॥
विबशता थियो एक्लो जिउने
सकेजति मन फुकाउनै पर्छ
कहीं कतै बेहोसिदै
मध्यरातमा बरबराउनु पर्छ