अमेरिकाको टेक्सास राज्यमा लागेको भिषण डढेलो नियन्त्रण बाहिर

अमेरिकाको टेक्सास राज्यमा लागेको भिषण डढेलो नियन्त्रण बाहिर रहेको अधिकारीहरुले बताएका छन्। डढेलोका कारण लाखौ हेक्टर भूमि जलेर नष्ट भएको छ भने यसको फैलावट बढ्दै गएपछि टेक्सासको आवाशिय क्षेत्रमा बसोबास गर्ने मानिसहरु चिन्तित बनेका छन्।

 

डढेलोका कारण २ जनाको मृत्यु भैसकेको अधिकारीहरुले बताएका छन्। लामो समयदेखि खडेरी लागेको क्षेत्रमा डढेलो सल्केको अधिकारीहरुले बताएका छन्।

 

बढ्दो तापक्रम र तिव्र गतिको हावा चलेको हुनाले डढेलो नियन्त्रण बाहिर रहेको हो। डढेलोको प्रभावका कारण टेक्सासको दर्जनौ शहरका बाशिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ। दमकल विभागका कर्मचारीहरुले डढेलोलाइ नियन्त्रण गर्न नसकेपछि अवस्था नाजुक बनेको हो। डढेलोका कारण करिव २ सय घर नष्ट भैसकेका छन्। टेक्सासको बन विभागका अनुसार डढेलो ११ स्थानबाट सल्कदै फैलिरहेको छ।