विराटनगर – विराटनगरका विभिन्न स्थानमा बम राखेर आतंक फैल्याउने गिरोहका नाइकेलाई जिल्ला प्रहरी कार्यालय मोरङले विष्फोटक पदार्थ सहित पक्राउ गरेको छ । जनतान्त्रिक मधेस मुक्ती टार्इगर्सको मोरङ जिल्ला इन्चार्ज महेशकुमार चौरासिया र अनुपम देबलाई प्रहरीले पत्रकार सम्मेलन गरि र्सार्वजनिक गरेको हो ।
विभिन्न ब्यक्तिलाई फोनमा धम्की दिंदै आएको सो समूहको अन्य सदस्यहरुको समेत पहिचान खुलिसकेको प्रहरी नायव उपरीक्षक सहकुल बहादुर थापाले जानकारी दिए ।
चैत १४ गते राती विराटनगर-१४ ट्राफीक चोकको सडक पेटी र बैशाक ३ गते घनस्याम स्टोरको अगाडी प्रेशर कुकर बम राखेर विभिन्न संचारकर्मीहरुलाई समेत उनीहरुले टेलिफोन गरि जिम्मा लिने काम गरेका थिए ।
विराटनगर-१५ केशलिया रोडमा रामेश्वर यादवको घरमा डेरा बस्ने चौरासियाको कोठाबाट प्रहरीले ३ वटा र्टाईम बम, डेटोनेटर एक थान, दुई थान प्रेशर कुकर, एमनल पाउडर दुई केजी, फेब्रिक डिब्बा र जनतान्त्रिक मधेस मुक्ती टार्इगर्सको लेटरप्याड, चन्दा रसिद, टाईमबम बनाउन सिकेको डायरीहरु बरामद गरेको छ । मोरङ प्रहरीले डिफेन्स आर्मी, रणवीर सेनाको पुरै नेटवर्क ध्वस्त पारेपछिको पछिल्लो सफलताको रुपमा यसलाई लिएको छ । मधेस मुक्ती टाईगर्सको पुरै नेर्टवर्कको पहिचान भइसकेकाले उनीहरुसमेत पक्राउ पर्ने प्रहरीले जनाएको छ ।