चिट्ठी सरकारलाई


– मनोज कुमार डाँगी

दक्षिण कोरिया

 

चिट्ठी सरकारलाई
 नफर्कि देश ढल्दैन युवा

बिदेशी भूमीमा ।

 

एकमुठ्ठी सास फाल्दैन युवा

 अर्काको देशैमा ॥

 

संसार फेर्ने हामीहौं युवा

 यो नयाँ नेपालमा ॥

 

माथिका हरफहरुको अर्थ ब्याख्या र समाधानको बिषयमा नेपाल सरकारले बहसको रुपमा प्रमुख एजेण्डा बनाउनु जरुरी देखिन्छ । देशको बढ्दो राजनीतिक अस्थिरता उद्योग धन्दाको अभाब अनि आफ्नै भूमीमा भरिपुर्ण प्राकृतीक श्रोतहरुको दुरुपयो नै आजका यूवाहरु प्रबासीनुको मुलकारण बनिरहेको छ । आफ्नो घरको चुलो बल्ननसकी अर्काको चुलोमा भोकोपेटले टुलु टुलु नियाल्न बिबस भएर हामी यूवाहरु प्रबाशी जीबन बिताई रहेका छौं भन्नु अतियुक्ति नहोला । 

युवा शक्ति भनेको के हो  युवाले के चाहन्छ  युवाहरुको अमुल्य श्रम र शक्तिलाई कसरी परिचालन गर्ने  यी सबै कुराको हेक्का सरकारले राखेमा नयाँ नेपालको आधार स्तम्ब तयार हुनेमा हामी बिस्वस्थ छौ । सरकारका मन्त्रिहरु बिदेश भ्रमणमा हुँदा देशको एउटा जुजारु युवा श्रम गर्ने सिलसिलामा आफ्नो जिबन गुमाईरहेको देख्दा मन्त्रि ज्यूका आँखाहरु किन नरसाएका होलान यसको कारण अनि सत्य तथ्य पत्तालगाई समाधानको खोजि गर्नु सरकारको कर्तब्य हुन्छ ।  बिदेश प्रति युवाहरु आकसर्ीत हुनुको कारण पत्ता नलगाउनु र सरकारले यथार्थता नबुझी श्रम सम्झौता गर्नुले तत्कालको समस्या समाधान भएपनि नयाँ नेपालको आधारसिला तयारहुने देखिदैन ।


गाउँघरमा गाई बाख्रा हेरेर वाक्क भएका युवाहरु खाडीमुलुकमा भेडा चराउँदाको विवसता अर्थात आफ्नो निजि जमिनलाई बाँजो राखि कोरियामा असार साउनको चौगुणा काम गर्दाको पिडा भनौ यात घरमा खाएर थाल नउठाउनेहरु अमेरिकामा अरुको भाँडा मस्काउदाको क्षण कसरी ब्याख्या गर्ने हो प्रबाशलाई । सबै प्रबाशीहरुको दिनचरिया उस्तै नभएपनि अधिकांश रोजगारीको सिलसिलामा बिदैशीने युवाहरुको पिडा एउटै छ । श्रोतको खोजि अनि साधनको प्रयोग गर्न बिश्वका शक्ति सम्पन्न राष्टहरुले आफ्नो अर्थ तन्त्रलाई मजबुद बनाउँदा  तर श्रोत र साधन दुबैले भरिपूर्ण हाम्रो देशमा युवा शत्तिलाई सहिरुपमा परिचालन गर्ने निति मात्र सरकारले बनाउने हो भने नयाँ नेपालको शुरुवात हुने निश्चित देखिन्छ । हामीले दुई चार पैसा कमाएर आँफु र आफ्ना भावी पुस्तालाई पाल्न यति धेरै दुख भएर सरकार सकक्ष गुनासो पोखेको भने अवश्य पनि होइन्  केवल यी सबै दुख र पश्रिमबाट बग्ने युवाहरुको रगत र पसिना आफ्नै भूमिमा बगाउने बाताबरण सरकारले बनाईदिए प्रबाशी युवाहरुको आत्माले शान्ति पाउने थियोकि भनि भगवान सँग मनको बोझ बिसाउन मात्र चाहेको कुरा सरकारले बुझिदिए आभारी हुने छौ ।
 
यति भन्दैमा हाम्रो कर्तब्य पुरा हुने देिखंदैन् । अब हामीले म र मेरो भन्ने अहंकारलाई त्यागी हामी र हाम्रो भन्ने भाबना लिएर देश फर्कने छौ । चार जात छत्तिस बर्ण हैन महिला र पुरुष दुई जात हामी एउटै परिवार भन्ने नारा लिएर हामी फर्किने छौ । बिभिन्न जातमा बिभाजित हैन एउटै भाबनात्मक सम्बन्ध लिएर हामी अगाडी बढ्ने छौं । बाँकी अर्को पत्रमा शुभ समाचारका साथ भेट्ने बाचा गर्दै प्रबाशबाट बिदा चाहान्छु ।