जुनी जुनी (गजल)

– भिम बहादुर बस्नेत
अर्घाखाँची, नेपाल


—————————————————
भेटन आउंछु चौतरीमा,भनी त्यसै टार्‍यौ सानु
न आउने मन भए , किन भर पार्‍यौ सानु
 
माया गर्छु तिमीलाई ,नत्र मर्छु भन्थ्यौ तिमी
झुठो माया देखाएर ,आँसु किन झार्‍यौ सानु
 
जुनीजुनी संगै बाच्ने ,सँगै मर्ने कसम खाथ्यौ
छुरा धसीँ मुटु भित्र,किन जिउदै मार्‍यौ सानु
 
दुई दिनको जिन्दगीमा ,घाम छाँया देखाएर
अर्कैलाई काखी च्यापी ,कुन नदी तार्‍यौ सानु
 
माया भन्दा ठुलो धन,सम्पती भो आज भोली
किन आज त्यो मनलाई,काडेतारले बार्‍यौ सानु