नेटोको एक हेलिकोप्टर आज विहान अफगानी कापीसा प्रान्तमा खसेको अफगानीस्तानस्थित नेटोको अन्तर्राष्ट्रिय सुरक्षा सेनाले एक वक्तव्यमा जनाएको छ। हालसम्म हेलिकोप्टरमा रहेका कर्मचारीलाई फेला परिसकेको बताइएको छ। तर सेनाको अवस्थाबारे वक्तव्यमा जनाइएको छैन।
अफगानी तालिवानले आफ्नो सशस्त्र शक्तिले नेटोको एक हेलिकोप्ट खसालेको जानकारी आजै संचारमाध्यमलाई जानकारी दिएको छ। तालिवानले नेटोका केही सेनालाई मारिएको पनि बताइएको छ।
थाहा भएअनुसार, यसै महिनाको शुरुमा पन्ध्र जना तालिवानी सशस्त्र तत्व उक्त क्षेत्रमा मारिएका थिए।