कम्बोडिया र थाइल्याण्डका सेनाले हिजोदेखि आजसम्म दुवै मुलुकको सीमा क्षेत्रमा दुइ पटक गोलि हानाहान गरेका छन्। उक्त गोलि हानाहानमा कम्तीमा आठ जना सैनिकको मृत्यु हुनुका साथै एक भन्दा बढी घाइते भएका छन्।
पहिलो भिडन्त हिजो विहान छ बजे भएको थियो। थाइल्याण्डका सेना कम्बोडिया प्रबेश गरेपछि कम्बोडियामा तोप हानेको कुरा कम्बोडियाले जनाएको छ। यस पटकको भिडन्तमा कम्तीमा तीन जना कम्बोडियाली सेनाको मृत्यु भएको छ। तर थाइल्याण्डले उक्त कुरा अस्वीकार गरेको छ। थाइल्याण्डले सो पटकको भिडन्तमा कम्तिमा चार जना थाइ सेनाको मृत्यु हुनुका साथै अरु आठ जनाको घाइते भएको जनाएको छ।
दोस्रो भिडन्त आज विहान छ बजेमा भएको छ। दुवै मुलुकका सेनाले फेरि तोप हानाहान गरेका छन्।
चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता हौङ लैले सो दुर्घटनाबारे कम्बोडिया र थाइल्याण्ड पूर्वी आशियानका सदस्य मुलुक हुन् भन्दै चीनका मित्र र छिमेकी पनि भएको बताउनुभयो। उहाँले दुवै मुलुकले वार्तामार्फत समस्याको समाधान गर्न सक्ने चीनको आशा रहेको पनि बताउनुभयो।