– शोभाखर पन्थी
वैशाख ११ अर्घाखाँची । नयाँ नेतृत्वको चयन गदै प्रेस चौतारी नेपाल अर्घाखाँचीका चौथौ जिल्ला सम्मेलन शनिवार सम्पन भएको छ ।
सम्मेलनले पार्वता श्रेष्ठको अध्यक्षँतामा ९ सदस्यी जिल्ला समितीको सर्वसहमत चयन गरेको छ । नव गठित समितीको उपाध्यक्षमा विष्णु आलेसचिव मदन भुसालसहसचिव अर्जुन भुसाल र कोषाध्यक्षँमा शर्मिला खनाल छन् ।
यसै गरि सदस्यहरुमा कमल विष्टनारायण भुसालसारदा मरासीनी र अशोक चौहान रहेका छन् । सम्मेलनले ३ सदस्य सल्लाकार समिती समेत निर्माण गरेको छ । जसमा प्रेमनारायण गैरेहिम बहादुर जि सी र सहयेागी वि सी रहेका छन् ।
यसैविच सम्मेलनको उढघाटन सत्रमा मन्तव्य राख्ने बक्ताहरुले शान्ति र सविधान निर्माणको लागी पत्रकारहरुले खवरदारी गर्नु पर्ने बताउदैस्वतन्त्र प्रेशको पक्षमा जोड दिएका थिए । वक्ताहरुले लोकतन्त्र प्रँप्तीको लागी महत्वपुण योगदान पुर् याउने पत्रकारीता जगतलाई राज्यले उपेक्षा गरेको प्रति चिन्ता प्रकट गदै पत्रकारको सुरक्षुको ग्यारेन्टीका लागी राज्य संग माग गरेका थिए ।