सामुदायीक बनको आम्दानीवाट उच्च माध्यमिक बिद्यालय सचालन

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची ११ बैसाख  । अर्घाखाँचीको कर्णली भनेर चिनिने  सिद्धारा गाविसमा सामुदायीक बनको आम्दानीवाट उच्च माध्यमिक बिद्यालय सचालन भएको छ । 

 

 आफ्ना बालबालीकालाई उच्च शिक्षा हासिल गर्न टाढा टाढा धाउनु पर्ने बाध्यता भए पछि अभिभावकहरुले सामुदायीक बनको आम्दानीवाट उच्च माध्यमिक बिद्यालय सचालन गरिएको हो ।

 

  सिद्धारा गाविसमा रहेको जनजागृती माध्यमिक बिद्यालयलाई गाविसमा रहेका २६ वटा सामुदायीक बनले आर्थिक सहयोग गरेपछि उच्च माध्यमिक बिद्यालय साचालन भएको छ । 

 

    गाविसमा रहेका सबै सामुदायीक बनले आफ्नो औकात हेरि १० हजार देखि ३० हजार सम्म आर्थिक सहयोग गरेको स्थानिय समाजसेबी माधब पौडेलले बताउनु भयो । 

 

  सामुदायीक बनले गरेको आर्थिक सहयोग वाट बिद्यालयको भबन निर्माण  फर्निचर  बाटो निर्माण  खानेपानी योजना जस्ता बिकास निर्माणका कार्य गरिएको छ । अर्घाखाँची जिल्लाको एक तिहाई क्षेत्रफल ओगटेको यस गाविसमा अधिकांस जंगल रहेको छ । 

 

   जनजागृती उच्च माध्यमिक बिद्यालयलाई मात्र नभएर सिद्धारा गाविसमा रहेका सबै बिद्यालयलाई सामुदायीक बनको आम्दानीवाट सहयोग गरि निजि स्रेतवाट शिक्षक राख्ने  भवन बनाउने र फनिर्चर निर्माण गर्ने काम भएको जामुने दमार सामुदायीक बनका अध्यक्ष भीमबहादुर केसीले बताउनु भयो ।

 

अन्य समाचारहरु