कम्बोडिया र थाइल्याण्डका सेनाबीच आज बिहान कम्बोडियाको ओदार मिन्ची प्रान्तको सिमावर्ती क्षेत्रमा गोली हानाहान भएको छ। दुइ देशका सेनाबीच यस क्षेत्रमा लगातार भएको यो तेस्रो दिनको भिडन्त हो।
संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले हिजो उहाँका प्रवक्तामार्फत एउटा वक्तव्य प्रकाशित गर्दै सकेससम्म संयमता कायम गरी युद्धविरामका लागि तुरुन्तै प्रभावकारी कदम चाल्न कम्बोडिया तथा थाइल्याण्डलाई आह्वान गर्नुभयो।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ लैले अस्ति बोल्दै दुबै पक्षले सयमतापूर्वक छलफल गरी वार्तामार्फत मतभेदको समाधान गर्नसक्ने आशा चीनले गरेको कुरा बताउनुभयो।
कम्बोडिया र थाइल्याण्डका सेनाबीच गत बाइस तारिखका दिनदेखि कम्बोडियाको ओदार मिन्ची प्रान्तको सिमावर्ती क्षेत्रमा भयङ्कर सशस्त्र भिडन्त हुँदैआएको छ। जसबाट दुबैपक्षका कम्तीमा दश सैनिकको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति घाइते भएका छन्।