पश्चिमी गठबन्धन सेनाले निरन्तररुपमा लिबियाको राजधानी ट्रिपोलीमा रहेका कैयौं सैनिक तथा नागरिक क्षेत्रलाई लक्षित हमला गरेपछि ठूलो हताहती भएको छ।
लिबियाका सञ्चार माध्यमले त्यहाँका सैनिक अधिकारीको भनाइ उद्धृत गर्दै पश्चिमी गठबन्धन सेनाले हिजो राति ट्रिपोली,हुम्मुस,सुर्ट आदि शहरमा सैनिक र नागरिक लक्षित गरी हवाइ आक्रमण गरेको जनाएका छन् । उक्त आक्रमणबाट खानेपानीको स्थानीय आपूर्ति प्रबन्ध ध्वस्त भएको छ।
यसै महिनाको 22 तारिखका दिनदेखि नेटोले लिबियाको सरकार नियन्त्रित क्षेत्रमा हवाइ आक्रमणलाई सबल पार्दै आएको देखिन्छ।