नाइजेरियामा राष्ट्रपती निर्वाचनको क्रममा भड्केको हिंसामा परी पाँच सय जनाको मृत्यु भएको मावनअधिकार संगठनको भनाइ

नाइजेरियाको मानवअधिकारवादी संगठनले राष्ट्रपतिय निर्वाचनपछि भड्केको हिंसामा कम्तिमा ५ सय जना मारिएको बताएको छ। नाइजेरियाको सिभिल राइट्स कंग्रेस नामक मानवअधिकारवादी संस्थाले देशको उत्तरी राज्य काडूनामा भएको हिंसामा सवैभन्दा ठूलो संख्यामा मानिसहरु मारिएको बताएको हो।

 

सिभिल राइट्स कंग्रेसले राष्ट्रपति गुडलक जोनाथनले निर्वाचनमा जित हासिल गरेको खव्र सार्वजनिक भए लगत्तै काडूनामा साम्प्रादायिक हिंसा भड्केको जनाएको छ। गुडलक इसाइ धर्मको प्रतिनिधित्व गर्दछन्। उनले देशको उत्तरी क्षेत्रका मुस्लिम उमम्ेदवार मोहम्मद बुहरीलाई पराजित गरेका थिए। सोही कारण इसाइ र मुस्लिम समुदायबीच हिंसाको अवस्था बनेको बताइएको छ। नाइजेरियाको उत्तरी क्षेत्रमा मुस्लिम समुदायको बाहुल्यता रहेको छ। मध्य नाइजेरियामा भने दुवै समुदायको मिश्रित बसोबास रहेको अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। जोनाथनले राष्ट्रपतिय निर्वाचनमा जित हासिल गरेको खवर सार्वजनिक हुने वित्तिकै मुस्लिम बाहुल्यता रहेको उत्तरी क्षेत्रमा इसाइ समुदायमाथि आक्रमण शुरु भएको थियो।

 

इसाइहरुको घरमा आगजनी एवं तोडफोड गरिएको थियो भने सयौलाई मरणासन्न हुने गरी कुटपिट गरिएको थियो। मुस्लिमको आक्रमण शुरु भएपछि ठाउँ ठाउँमा दुवै पक्षबीच भिडन्तको अवस्था बनेका कारण अवस्था जटिल र चिन्ताजनक भएको सिभिल राइट्स कंग्रेसले जनाएको छ।