मेरो अन्तिम आग्रह

– प्रिय काली

 खै काली आज म तिमीलाई कता बाट सम्बोधन गरु पहिला त म तिमीलाई  प्रिय भनेर सम्बोधनको सब्द राखने गरेको थिए तर आज तिमि अर्कैको प्रिय बन्न पुगेकी रहिछोंउ तर जे भए पनि काली तिमीलाई यो पर्दीसीको तर्फ बाट छोटो जिबनको लामो सम्झना साथै मुटुभरिको अटुल माया
          

खै काली
किन आज धेरै समय पछि यकासी तिम्रो याद आयो र फोन लगायको तिम्रो श्रीमान ले फोन उठानु भएको थियो र तिमीलाई भेट्न एउटा विकल्प अर्घाखाँची डट कम मार्फत तिमीलाई केहि सन्देस पुर्यउन लागि रहेको छु तिम्रो याद कति भने तिमि दिदीको घरमा आएको बेलामा संगै बसेर हस खेल गरेको र तिमि बिमारी हुदा राता रात हस्पिटल गएको र तिमि नै भन्ने गर्थ्यौ तपाई बिना त म सोच्न पनि सक्दिन भन्थ्यौ र तिनै बिगत का दिनहरु सम्झेर झस्कन्छु काली तर अचानक तिम्रो त्यो मन भनोउ कि के भनोउ कसरि परिबर्तन भएछ मैले त तिम्रो लागि के के नै सोचेर बिदेस पलायन भएको थिए

तिमि भने त्यो स्वार्थी मनलाई म बाटै अलग बनाएर अर्कैको हुन् पुगीछों मलाई भनि बिस्वास थियो कि तिमि जन्मेको मेरो लागि हो भन्ने सोचेर मैले मेरो तन मन तिमीलाई नै सुम्पिदिएको थिए !

ठिक छ काली अब तिमि जहा जो संग गएकि छो त्यसैमा रमाउनु तिम्रो नया संसार त्यही नै छ म अब
           तिमीलाई एउटा मात्र बिन्ति गर्छु यो सन्देस तिमीले कतै  बाट पायौ भने एक पटक मात्र सम्पर्कमा आउनु ल ……यही नै मेरो अन्तिम चाहना हो !


उही तिम्रो भूपू माया
प्रकास राना
डिभर्ना ३ अर्घाखाँची
हाल – दोहा, कतार