पाकिस्तानको दक्षिण-पश्चिमी भागमा एउटा यात्रुवाहक बसमाथि गरिएको प्रहारमा परी 16 जनाको मृत्यु

पाकिस्तानको एउटा यात्रुवाहक बस 26 तारिख विहान सबेरै पाकिस्तानको दक्षिण-पश्चिमी भागमा पर्ने बालुचिस्तान प्रान्तमा एउटा प्रहारमा परेको छ जसबाट 16 जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिसहरु बसमा लागेको आगोमा परी घाइते भएका छन्।

               पाकिस्तानी प्रहरी पक्षका अनुसार सोही दिन विहान सबेरै अज्ञात व्यक्तिहरुले बालुचिस्तान प्रान्तको सदरमुकाम कुटा शहरदेखि 1 सय 20 किलोमिटर दक्षिण-पूर्वी भागमा रहेको यस यात्रु वाहक बसमाथि प्रहार गरेको थियो ।त्यसपछि यात्रु वाहक बसमा आगो लागेको थियो।

               उद्धाकर्ताका अनुसार यात्रु वाहक बसमा 40 जनाभन्दा बढी यात्रीहरु रहेका थिए र धेरैजसो मानिसहरु जलेर घाइते भएका छन्। घाइते धेरैको अवस्था गम्भीर हुनाले मृतकहरुको संख्या अझ बढी हुने सम्भावना रहेको छ।