नेटोका लडाकू विमानहरुद्बारा लिबियामाथि चर्को बम बर्षा जारी

लिबियाको सरकारी सञ्चार माध्यमका अनुसार, नेटोका लडाकू विमानहरुले  लिबियाका नेता मोआमार गद्धाफीको आबासमाथि एवम लिबियाका अनेकौ शहरहरुमा चर्को बम बर्षा जारी राखेका छन ।

 

 तथापि यसका साथै लिबिया सरकारका प्रवक्ताले हिजै बेलुका मोआमार गद्धाफी घाइते नभएको र उहाँको “युद्ध गर्ने कडा इच्छा” रहेको कुरा वताउनुभयो।

              लिबिया सरकारले “गद्धाफी तथा लिबिया सरकारका अरु वरिष्ठ पदाधिकारीलाई मार्नखोजेको नेटोको गतिबिधि आतंकवादी गतिबिधि”भएकोले यसको निन्दा गर्नुका साथै नेटोको बम बर्षामा परी कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै पैंतालीस जना घाइते भएको जानकारी दिएको छ।

              त्यसका अतिरिक्त, लिबियाका सरकारविरोधी सशस्त्र व्यक्तिले सरकारी सेनालाई मिसुराटाबाट लखेटेको दाबी गरेका छन्।