बैंक अफ काठमाण्डौको ३८ औ शाखा सन्धिखर्कको शान्ती बगैचामा

सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सन्धिखर्कमा वितिय सस्थाको बिकास सँगै नयाँ ‘क’ बर्गको  बैंक, बैंक अफ काठमाण्डौले आफ्नो ३८ औ शाखाको बिस्तार सँगै आफ्नो कारोबार सन्धिखर्कको शान्ती बगैचा शुरु गरेको छ।


बैंक अफ काठमाण्डौले यही बैशाख १२ गते देखी सन्धिखर्कको शान्ती बगैचामा आफ्नो कारोबार सुरु गरेको हो। यसैगरी बैंकले ग्राहकलाई मध्य नजर गरी आफ्नो एटिएम सेवालाई पनि सुचारु गर्नुका साथै सबै खालका सुबिधाहरु प्रदान गर्ने छ।


बैंकको सेवा सगै ग्राहकलाई थप बितिय सेवा प्रदान गरिने कुरा बैंकका शाखा प्रबन्धक मदन गौतमले बताए। थाहा भए अनुसार बैंक अफ काठमाडौं सँगै जिल्लामा “क” बर्गका बैंक सन्ख्या बढेको छ। केही दिन अगाडी मेगा बैंकले आफ्नो शाखाको बिस्तार गरी एटिएम सेवा पनि सन्चालन गरेको थियो भने एभरेष्ट बैंक, एनआसि बैंकले यस अगाडि नै आफ्नो कारोबार सुरु गरिसकेका छन।

अन्य समाचारहरु